वाम्बुले राई भाषामा प्रथम बिद्यावारिधि गर्ने बिदेशी सम्मानित

Full text. Appeared in कान्तीपुर, 5 January 2003.

इमाडोल (ललतिपुर), २० पुस (कास) ­ किराँत राईहरूमध्ये छुट्टै भाषा, संस्कार र संस्कृति भएका वाम्बुले राईका भाषामा प्रथम बिद्यावारिधि प्रप्त डा. जन रब्यार अप्खन्वार्तलाई शिनबार दोसल्ला ओढाई गरियो ।

लोपोन्मुख भाषालाई संक्षण तथा सम्वर्द्वश्नमा योगदान दिएबापत लेइडन बिश्वनिद्यालय नेदरल्यान्डसका भाषा वैज्ञानिक डा. अप्खन्वार्तलाइ वाम्बुले राई समाज (वाम्रास) संस्ताका सदस्य तथा कोशकार अविनाथ राईले उक्त सम्मान प्रदान गर्नुभएको हो ।

त्यस अवसरमा भाषा वैज्ञानिक डा. अप्खन्वातले आफ्नो बिद्यावारिधि शोधुद वाम्बुले ल्याङग्वेजु (वाम्बुले योर) नामक ६ सय १५ पुष्ठको ग्रन्थ समाजलाई आहस्तान्तरण गर्नुभयो । उनले ओखलढुंगा जिल्लाको दक्षिणी भेगमा रहेका वाम्बुले समुदायमा रहेर बिगत छ वर्षदेखि उक्त जातिको भाषा, संस्कृति र संस्कारबारे अघ्ययनपछि प्रस्तुत गरेका हुन् ।

पछलि्लो जनगणनाअनुसार ओखलढुंगालगायत खोटाङ, उदयपुर र सिन्धुली जिल्ला मुख्य बसोबास रहेको वाम्बुले राई मातृभाषीको संख्या ४ हजार ४ सय ७१ रहेको छ । त्यस अवसरमा लेइडन बिश्वनिद्यालयअन्तर्गत हिमाली क्षेत्रमा बसोबास गर्न तथा तिबेती­बर्मन भाषा समूहका भाषाहरूको अध्ययनमा जुट्दै आएको उल्लेख गर्दै डा. अप्खन्वातले वाम्बुले राई एक पृथक् भाषा र संस्कृति भएको जाति हो भन्नुभयो । उहाँले यस जाति र भाषाबारे थप अनुसन्धान भइरहेको समेत बताउनुभयो ।

त्यसैगरी कोशकार राईले किराँत राई भाषालगायत नेपालका धेरै लोपोन्मुख भाषाहरूमध्ये वाम्बुले भाषा वैज्ञानिकबाट भएको अन्वेषणले संरक्षण र बिकासमा सहयोग पुगेको बताउनुभयो । उहाँले २०४६ सालपिछ वाम्बुले राई भाषा लिखित रूपमा अघि बढाइएको र हालसम्म शब्दकोश, गीति क्यासेट प्रकाशित भइसकेको जनाकारी दिनभयो । साथै निरन्तर रूपमा लिब्जुभुम्जु त्रैमासिक र कावा मासिक पत्रिका प्रकाशित हुँदै आएको र निकट भबिष्यमा व्याकरण तथा अन्य संस्कृतिमूलक कृति प्रकाशन गरिने लक्ष्य रहेको जनाउनुभयो ।