वाम्बुले राई भाषामा कविगोष्ठी

Full text. Appeared in कान्तीपुर, 21 October 2006.

मानेभञ्ज्याङ -ओखलढुंगा, कार्तिक ४ - महाकवि लक्ष्मीप्रसाद देवकोटाको ९८ औं जयन्तीका अवसरमा यहाँ ‘वाम्बुले राई भाषा’ मा आठौं कविगोष्ठी आयोजना गरियो । वाम्बुले राई समाज -वाम्रास) र वाम्बुले राई साहित्य प्रकाशन ‘लिब्जु -भुम्जु’ पत्रिका परिवारद्वारा आयोजित कार्यक्रममा कल्याण ‘पाहुना’ राई भए ।

त्यसैगरी ५८ प्रतियोगीमध्ये हीरामाया राई दोस्रो र आश्राचन राई तेस्रो भएका थिए । दत्तसिं राई, शुभकुमारी राई, जीवनकुमार राई, गंगासरी राई र रविन राईले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

विजयीलाई मानेभञ्ज्याङ गाविसका पूर्वअध्यक्ष मोतीराज राईले जनही ५ सय, ३ सय, २ सय र सान्त्वनालाई जनही एक सय रुपैयाँ तथा सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

२०५५ साल यता भइरहेको कार्यक्रममा ओखलढुंगा, खोटाङ, सिन्धुली र उदयपुरका स्रष्टा भेला हुने गरेका छन् । यस वर्ष स्थानीय लिब्जु जनकल्याण युवा क्लबले संयोजन गरेको हो ।

कविगोष्ठीलगत्तै भएको बिनायो बजाउने प्रतियोगितामा लाखसरी राई, मैनासरी राई र सविता राईले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार हासिल गरे । विजयी प्रतियोगीलाई स्थानीय समाजसेवी बखतबहादुर राईले तीन सय, दुई सय र एक सय रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । कवि दुर्गा बैरागी राईलाई ‘लिब्जु-भुम्जु पुरस्कार -२०६२’ मरणोपरान्त प्रदान गरियो । यसैगरी २०६२ को एसएलसीमा सरकारी विद्यालयबाट उत्कृष्ट अंक हासिल वाम्बुले छात्र जीवनकुमार राईलाई नगद एक हजार र प्रमाणपत्रसहित ‘वाम्रास शैक्षिक पुरस्कार’ दिइएको थियो ।