सानो हात्तीवनमा सुरु भयो उधौली पूजा

Full text. Appeared in कान्तीपुर, 18 December 2002.

ललितपुर, २ पुस (कास) ­ शिदयौंदेखि बलि चढाउएर पितृ बिउझाउने किराँती फलफूल लिएर उधौली पूजामा सहभागी हुन थालेका छन् ।

गत वर्ष सरकारद्वारा मंसिरपूर्णिमा तिथिलाई किराँत चाडु घोषणा गरिएको पहिलो बर्षकीका अवसमा ललितपुरको सानो हात्तीवन किराँत माङिहम (मन्दिर) थालमा उदौली न्वाँगी सुरु भएको छ । किराँत जातिहरूले महान् चाड उदौली पुजा सामूहिक रूपमब पूर्णामा तिथिको दुई दिनअघिबाट पूजाआजा गर्ने प्रचलनअनुसार मगलबारदेखि सुरु गरेका हुन् । चैतर्फी जंगलयुक्त सानो हात्तीवन क्षेत्रमा करिब १ सय ५५ वर्ष देखि उक्त क्षेत्रमा बलि चढाउन प्रतिबन्ध लगाइँदै आएको हो ।

किराँत राई यायोक्खा, किराँत याक्थुङ चुम्लुङ, किराँत याक्खा छुम्मा र सुनुवार सेवा समाजको संयुक्त मागअनुसार धोषित चाडको पहिलो वर्ष संस्कृति केन्द्रित पुस्तक प्रकाशन गरिएको छ भने अन्य बिशेष कार्यक्रम हुने नसकेको पदाधिकारीहरूले बताएका छन् ।

उधौली साकेला, चासेक तङनाम, चासुवा र फोलषाद भनेर चिनिने यस चाडको पहिलो दिन आठ वर्षीया सुप्रिया बेघा लिम्बूदेखि ७० वर्षीया मेजर भरतसिंह लिम्बूसम्मले धाननाच नाचे । लिम्बू भाषामा बिद्यावारिधपि्रप्त लेइडन युनिभर्सिटी नेदरल्यान्डका भाषाशास्त्री डा. जर्जभान ड्रिम अनि वाम्बुले राई भाषामा बिद्यावारिधिप्रप्त डा. जनरब्यार अप्खेन्वार्तले च्याब्रुङको ताल र मौलिक संस्कृतिको नाच प्रदर्शनीले मन खिचेको अनुभव सुनाए ।

सानो हात्तीवनस्थति किराँत माङिहम (मन्दिर) थानमा बिधिबत् पूजाआजासहित धाननाच, च्याब्रुङनाच, साकेला सिली प्रस्तुत गरिएका छन् ।