डच ज्ञानबहादुर

Full text. By गणेश राई, 2004. Appeared in कान्तीपुर, 26 December 2004.

उनले नेपाली नाम राखेका छन्, ज्ञानबहादुर । तर, उनको वास्तविक नाम हो, जाँ रोवियर म्याथुस् अप्खन्वार्त, ३३ । हल्यान्डमा जन्मिएका जाँ ओखलढुंगाको हिलेपानी गाउँको लगभग दुई वर्षको बासाइपछि ज्ञानबहादुरमा परिणत भएका हुन् । ओखलढुंगेलीसँग उनको आत्मीयता देखेर उनका स्थानीय गुरू चन्द्रबहादुर राईले ज्ञानबहादुरको न्वारान गरिदिएका हुन् ।

वाम्बुले राई जाति, भाषा र संस्कृतिबारे दुई पुस्तक प्रकाशित गरिसकेका ज्ञानबहादुरलाई ललितपुरको इमाडोलस्थित वाम्बुले राई समाज (वाम्रास) संस्थाबाट हालै सम्मान गरिएको छ ।

सन् १८५७ मा बेलायती अन्वेषक ब्रायन हड्सन्ले आफ्नो खाजमा ‘चैरास्या’ राई भाषाको करिब तीन सय शब्द टिपेका थिए । त्यसपछि त्यस जातिका भाषाबारे कातै कुनै चार्चा-परिचर्चा भएन । त्यही विषयको खोजी गर्ने मेसोमा जाँ सन् १९९६ तिर नेपाल आइपुगे त्यसपछि उनले पत्तो पाए, ‘चैरास्या’ भनिने किराँत-राईहरू आफूलाई ‘वाम्बुले’ भन्दारहेछन् । यो भाषा हाल लोपोन्मुख स्थितिमा छ ।